सशस्त्र प्रहरीको प्रवक्तामा डिआईजी सुरजकुमार श्रेष्ठ नियुक्त

सोमबार, ३ मंसिर २०७५

मङ्सिर ३, काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआईजी) सुरजकुमार श्रेष्ठ नियुक्त भएका छन् ।कसंगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको र प्रवक्ता श्रेष्ठलाई मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सूचना शाखाका डीएसपी अजय छतकुलीले जानकारी दिए ।