फिजीमा ६.७ म्याग्निच्युडको भूकम्प
लम्बासा, फिजी- टापूहरुले घेरिएको देश फिजीमा आइतबार साँझ शक्तिशाली भूकम्प गएको छ। यो भूकम्प ६.७ म्याग्नीच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ।
उक्त भूकम्प स्थानीय समयानुसार आइतबार राति ८ः२५ बजे गएको थियो। यस भूकम्पका कारण मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन। हालसम्म सुनामीको चेतावनी समेत दिइएको छैन।
गत सेप्टेम्बरमा पनि फिजीमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको थियो। फिजीमा बारम्बार भूकम्प जाने र ज्वालामुखीले सताउने गरेको छ।