माओवादी प्रवेश गर्नेलाई ठूलो अवसर, धेरैको भाग्य चम्कियो

शनिबार, १९ भाद्र २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्र प्रवेश गर्नेहरुका लागि ठूलो अवसर छ । विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेका माओवादीले ठूलो अवसर दिएको हो ।

माओवादीले उचित जिम्मेवारी नपाएकाहरुलाई पनि जिम्मेवारी दिने र नयाँ आउनेलाई पनि अवसर दिने नीति बनाएको छ । त्यही नीति अनुसार विगमा माओवादी प्रवेश गरेकालाई जिम्मेवारी दिन परिपत्र गरेको छ ।

विगतदेखि नै पार्टी प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने नीति लिएको माओवादीले पछिल्लो पटक पार्टीमा भएको कार्यविभाजनका क्रममा कोही छुटेको भए त्यसलाई सच्याउने भनेको छ ।

माओवादी केन्द्र सम्बद्ध स्रोतका अनुसार पार्टी केन्द्रले इन्चार्ज अध्यक्ष तथा मातहतका समितिका पदाधिकारीलाई परिपत्र गरेर जिम्मेवारी प्राप्त नपाएका कोही भए विवरण उपलब्ध गराउन निर्देश गरेको छ ।

पार्टी एकीकरणमा आएर पनि जिम्मेवारी विहिनहरुबारे ५ दिन भित्र कार्यदललाई नाम र विवरण उपलब्ध गराउन माओवादीले भनेको हो।

पार्टी एकतामा आएकाहरुलाई पार्टी समितिमा आबद्ध गर्न र जिम्मेवारी दिने कामलाई पूर्णता प्रदान गर्नका लागि यसअघि नै माओवादीले गिरिराजमणि पोखरेल, वर्षमान पुन र श्रीराम ढकाल रहेको कार्यदल गठन गरेको थियो ।