स्वास्थ्य मन्त्रीले मन्त्रालयमै चुम्बन गरेको तस्वीर भाइरल
लण्डन – स्वास्थ्य मन्त्रीले चुम्वन गरेको फोटा भाइरल भएको छ । लायतका स्वास्थ्यमन्त्रीले आफ्नै प्रेमिकासँग गरेको चुम्बन भाइरल भएको हो ।
त्यही चुम्बनका कारण उनले राजीनामा दिएका छन् । कोराना महामारीको बेला आफ्नी प्रेमिकालाई चुम्बन गरेपछि बेलायतका स्वास्थ्य मन्त्रीले राजीनामा दिनु परेको हो ।
सामाजिक दूरी पालना नगरेको भन्दै आलोचना भएपछि स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका हुन ।उनले आफ्नी सहयोगी जीना कोलाडंगेलोलाई कार्यालयमा चुम्बन गरेका थिए ।
प्रधानमन्त्री बोरिस जोनसनलाई राजीनामा लेख्दै हेनककले यो महामारीमा जति मानिसहरुले बलिदान दिएका छन, त्यो हेर्दा यदि हामी उनीहरुसँग केही गलत गर्छौं भने हाम्रो जिम्मेवारी नैतिकता देखाउनु हुन्छ ।
उनकी सहयोगी जीना एउटै कार्यालयमा काम गर्छिन । त्यसो त उनी विवाहित हुन । उनको बिहे भएको १५ वर्ष पुगेको छ भने तीन छोराछोरी पनि छन् ।
तर कार्यालयमा कार्यरत जीनासँग उनको अफेयर चल्दै आएको थियो । जीना पनि विवाहित हुन ।
यी दुबैले कार्यालयमा चुम्बन गरिरहेको तस्वीर भाइरल भएपछि मानिसहरुले आलोचना सुरु गरेका थिए । उनले त्यसपछि माफी मागेका थिए ।