नमजाले फस्यो देउवा सरकार, अबको चुनावमा पत्तासाप हुने पक्का
काठमाडौं – नेपाली कांग्रेस नेतृत्वको सरकार भारतसामु लमपसार परेको छ । सरकारले सामान्य विषयमा पनि भारतको विषयमा विज्ञप्ति निकाल्दै भारतविरोधी गतिविधि नगर्न चेतावनी दिएर जनग हसाएको छ ।
नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले यस्तै गतिविधि गर्दै गयो भने एक बर्षपछि हुने संसदीय निर्वाचनमा पत्तासाव हुने पक्का भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम चयालेन्ज कर्पोरेशन एमसीसीको विरोध नगर्न चेतावनी दिएको एक दिनमै अर्को वित्रप्ति निकालेर कांग्रेस नेतृत्वले पत्तासप हुने बाटो समातेको छ ।
आज दिउसो गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा आपत्ति जनाउँदै वित्रप्ति निकालेको थियो । आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो ।
मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’
दार्चुलामा नेपाली नागरिक तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।
गृह मन्त्रालयले मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधि नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने पनि जनाएको छ ।
‘नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध छ ।
मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । यसअघि शुक्रबार राती पनि विज्ञप्ति निकालेर एमसीसीको विरोध गर्नेलाई कारवाही गर्ने चेतावनी सहितको विज्ञप्ति आएको थियो ।