माछापुच्छ्रे बैंकले एकैदिन थप्यो ७ शाखा रहित बैंकिङ सेवा

आइतबार, २० भाद्र २०७८

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले एकैदिन ७ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले देशभर ७ ठाउँबाट बैंकले शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

गोरखा जिल्लाको पालुङ्गटार नगरपालीका ६, काठमाण्डौँ जिल्लाको कीर्तिपुर नगरपालीका मैत्रिनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५, जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखिपुर नगरपालीका २ छजनाचोक मा गरि जम्मा ७ स्थानमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । देशका विभिन्न स्थानमा ७ शाखारहित बैंकिङ सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ सेवा १७२ पुगेको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदनसमेत दिन सकिने छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६२ वटा शाखाहरु लगायत १७२ शाखा रहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३९ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०३ वटा एटीएमहरु संचालनमा रहेका छन् ।