माओवादी केन्द्रले तोक्यो जिल्ला सहइन्चार्ज र संयोजक, को कहाँ ? सूचीसहित

सोमबार, २१ भाद्र २०७८

विराटनगर – नेकपा माओवादी केन्द्रले जिल्लाका सहइन्चार्ज र संयोजक तोकेको छ । यो प्रदेश १ को खव हो ।

माओवादी केन्द्र प्रदेश १ कमिटीको बैठकले १४ वटै जिल्लामा सहइन्चार्ज र संयोजक तोकेको हो । मोरङको सहइञ्चार्जमा कुशल लिम्बु र संयोजकमा गणेश उप्रेतीलाई तोकिएको छ ।

यस्तै पाँचथरमा हर्कबहादुर नेम्वाङलाई सहइन्चार्ज र होमबहादुर जबेगुलाई संयोजकको जिम्मेवारी दिइएको छ । ताप्लेजुङको संयोजकको जिम्मेवारी विजयप्रकाश बनेमले पाएका छन् ।

इलाममा हर्कबहादुर लावती र टीका घिमिरे सहइञ्चार्ज तोकिएका छन् । सोममाया राई जिल्ला संयोजक भएकी छन् । माओवादी केन्द्रले झलकसिंह दर्लामीलाई झापा जिल्लाको सहइन्चार्जको जिम्मेवारी दिएको छ भने संयोजकमा मनिकुमार राईलाई तोकेको छ ।

सुनसरीमा मुक्साहाङ मेन्याङबो र शिवकुमार डाँगी सहइन्चार्ज बनेका छन् भने योगेन्द्रप्रसाद मण्डल संयोजक बनेका छन् । यसैगरी माओवादी केन्द्रले धनकुटामा सहइन्चार्जको जिम्मेवारी धनमाया विकलाई दिएको छ भने ऋषिराम ढुंगानाले संयोजकको जिम्मेवारी पाएका छन् ।

संखुवासभामा रिपुप्रसाद राई, इन्दिरा मिश्र र थानप्रसाद अधिकारी सहइन्चार्ज बनेका छन् । संयोजकमा कृष्ण जीमी याक्खा बनेका छन् ।

भोजपुरको सहइन्चार्जको जिम्मेवारी दिलकुमार राईलाई र संयोजकको जिम्मेवारी नगेन्द्र भुजेललाई दिइएको छ । यस्तै खोटाङमा ध्रुव बुढाथोकीलाई सहइन्चार्ज र देवन चाम्लिङ राईलाई संयोजक बनाइएको छ ।

ओखलढुंगामा प्रदेशसभा सदस्यसमेत रहेका मोहनकुमार खड्का संयोजक बनेका छन् । उदयपुरमा भीमबहादुर अधिकारी, मोहनबहादुर खत्री र राजन किराँती सहइन्चार्ज बनेका छन् भने विनोद कटुवालले जिल्ला संयोजकको जिम्मेवारी पाएका छन् ।

माओवादी केन्द्रले विराटनगर महानगरपालिकाको सहइन्चार्जमा हेमबहादुर कार्कीलाई तोकेको छ । भोगेन्द्र यादवलाई संयोजक र नमिता न्यौपानेलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।