मन्त्री छान्न नसकेपछि माओवादी पार्टी विघटन गर्दै प्रचण्ड

मंगलबार, २२ भाद्र २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नै विघटन गर्ने प्रस्ताव गरेका छन् ।

सयभन्दा बढी नेताहरुलाई मन्त्री बनाए पनि पार्टी बलियो भन्दा कमजोर हुँदै गएकाले पार्टी विघटन गर्ने प्रचण्डको प्रस्ताव छ । हालै प्रचण्डले पार्टीका सबै सांसदले मन्त्री बन्न खोजेको भन्दै आफू तनावमा रहेको बताएका थिए ।

प्रचण्डले मन्त्री छान्न नसक्दा ५० दिनयता मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । त्यसमाथि माओवादी आफै पनि कमजोर बन्दै गएको छ ।

यस्तोमा प्रचण्डले प्रदेशका नेताहरु प्रशिक्षण दिँदै यस्तोमा प्रचण्डले पार्टी बनाउन नसक्ने हो भने विघटन गर्नुपर्ने प्रस्ताव ल्याएका हुन् ।

पार्टी कसैले नबनाउने, खाली मन्त्रीमात्रै बन्न खोज्दा पार्टी बन्न नसकेको प्रचण्डको गुनासो नेता कार्यकर्तासमक्ष थियो । प्रचण्डले पार्टी चुस्त नबनाउने हो भने विघटन गर्नुपर्ने प्रस्ताव गरेको केन्द्रीय सदस्य सुदन किरातीले जानकारी दिए ।

अब पनि पार्टी निर्माण गर्न नसक्ने हो विघटन गरेर राजनीतिबाट सन्यास लिनुपर्ने प्रचण्डको भनाइ थियो ।