केपी ओलीले खोले कुलमान घिसिङको पोल, पद खोसिने !
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गम्भीर आरोप लगाएका छन् । उनले कुलमानले करोडौँ भ्रष्टाचार गरेको भन्दै गम्भीर आरोप लगाएका हुन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई भ्रष्टाचारी भनेका हुन् । घिसिङप्रति गम्भीर आरोप लगाउँदै ओलीले यस्तो बताएका हुन्।
ओलीले घिसिङले ट्रान्सफर्मर खरिद गर्दा करोडौँ भ्रष्टाचार गरेको र उनैलाई फेरि प्राधिकरणको जिम्मेवारी दिइएको बताए । मंगलबार एमाले कास्कीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हेटौंडामा अहिले ट्रान्सफर्मरको एउटा सहर रहेको बताए।
उनले अहिलेको सरकारले नक्कली काम गर्नेलाई खोजीखोजी ल्याएको टिप्पणी गरे। ‘नेकपा एमालेको सरकारभन्दा अगाडि डुब्लिकेट ट्रान्सफर्मर ल्याइयो । हेटौंडामा अहिले ट्रान्सफर्मरको एउटा सहर छ।’ उनले भने ।
‘पैसा हालेर किन्यो, काम नलागेर राखेको सहरै जस्तो छ ट्रान्सफर्मरको । कति बिगाह जमिनमा ट्रान्सफर्मरै ट्रान्सफर्मर छ’, ओलीले भने, ‘अहिलेको सरकार बहादुर छ। हो, त्यस्तै काम गर्ने मान्छेलाई खोजीखोजीकन फिर्ता ल्याउँछ। फेरि फिर्ता ल्याउँछ। अनि सहज ढंगले त्यस ठाउँमा हकका साथ पुगेको मान्छेलाई विस्थापित गर्छ गैरकानुनी ढंगले। त्यो पनि मुद्दा छ अदालतमा।’
ओली प्रधानमन्त्री भएका बेला घिसिङको कार्यकाल सकिएको थियो। घिसिङ प्राधिकरणमा दोहोर्याउन व्यापक जनदबाब भएपनि ओली सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।
ओलीको बहिर्गमनपछि वर्तमान सरकारले हालै घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ। त्यसअघिका कार्यकारी निर्देशक शाक्यले घिसिङको नियुक्तविरुद्ध सर्वोच्चमा रिट दयार गरेका छन्।