यी सांसद सभामुखको घाँटी समाउन रोस्टममै पुगीन्

बुधबार, २३ भाद्र २०७८

काठमाडौं – नेकपा एमालेकी सांसद गंगा चौधरीले सभामुखको कठाँलो समात्न रोष्टममा उक्लिने प्रयास गरेकी छन् । यही विषयले उनी फेरी भाइरल भएकी छन् ।

सभामुखमाथि प्रश्न उठाउँदै रोष्टममै उक्लि खोजेपछि भाइरल भएकी हुन् । यसअघि जनता समाजवादीकी सांसद सरिता गीरीले हिन्दामा भाषण गर्दा रगत उम्लिने अभिव्यक्ति दिएपछि भाइरल भएकी थिइन् ।

संसदमा नाराबाजी गरेको नेकपा एमालेकी सांसद चौधरी रोष्टममै उक्लिने प्रयास गरेकी हुन् । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे ।

बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु बताउँछन् ।

तेस्रो बैठक सुरु हुनासाथ सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोके ।

त्यसक्रममा एमाले सांसद गंगा चौधरी सत्गौवा भने रोष्टममै उक्लिने प्रयास गरिन् । एमालेका एक सांसदका अनुसार उनले गृहमन्त्रीलाई जसरी पनि रोक्छु भनेकी थिइन् ।

त्यही क्रममा उनी मर्यादापालकलाई धकेल्दै रोष्टममै उक्लिन खोजेको एक सांसदले बताए ।

चौधरीले पनि त्यसलाई स्वीकार गरिन् । ‘गुरिल्ला सभामुखलाई (बैठक अघि बढाउन) रोक्न सकिएन ।

गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो । त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भयो,’ उनले भनेकी छन् ।