एमालेले गैरसांसद भनेपछि रामकुमारीको जवाफ, सबैजना चकित

बुधबार, २३ भाद्र २०७८

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) की सांसदका रामकुमारी झाँक्रीले संसदका ‘हत्यारा’हरूले आफूहरुलाई गैरसांसद भन्नुमा कुनै आश्चर्य नभएको प्रतिक्रिया दिएकी छन्।

बुधबार प्रतिनिधि सभा बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा उनले एमालेको चरित्र र औकात अनुसारको व्यवहार संसद्‌मा देखाएको आरोप लगाइन्।

‘यस्ता स्तरहीन चरित्रका विषयमा प्रतिक्रिया दिन मन छैन’, उनले भनिन् ‘उहाँहरुको औकात अनुसार काम गर्नु भएको छ।’

बहुमतको सरकार ढालेर बालुवाटारबाट बालकोट पुगेर केपी शर्मा ओलीले खाँबो चिथोरिरहेको झाँक्रीको टिप्पणी छ। उनले भनिन्,‘खड्कप्रसाद ओलीको चाहनाले त यत्तिको उभिनु पनि दिनु हुने थिएन। उहाँको चाहनाले मात्रै नहुँदो रहेछ।’

विधिसंगत तरिकाले सभामुखले सदन चलाउने उनले बताइन्।

‘उहाँहरुले संसद्‌मा प्रस्तुत गरेको चरित्र गैरराजनीतिक चरित्र हो’, झाँक्रीले थपिन् ‘खड्गप्रसाद ओलीलाई लागेको भए हामीलाई धर्तिमा बाँच्न नदिने थियो होला नि ! त्यो सम्भव छ र ?’

सरकारमा कहिले जानेरु भनी सोधिएको प्रश्नमा उनले आजदेखि संसद्‌मा सत्तापक्षको रोमा बसेको र सरकारका जाने कुरा पार्टीले निर्णय लिने बताइन्।