माधव नेपाललाई कारवाही हुने !

बुधबार, २३ भाद्र २०७८

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई कारवाही हुने डरले स्पष्टिकरण दिएर हिड्न थालेका छन् ।

नेकपा एमालेले कारवाही गरेर पठाएका सांसहरुलाई सभामुखले सांसद पद खारेज नगरेको भन्दै संसद बैठक अवरुद्ध गरेपछि कारवाही मान्य हुने होकी भन्ने डरले स्पष्टिकरण दिएर हिड्न थालेका हुन् ।

आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको स्पष्टिकरण दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानूनी व्यवस्था र सर्वोच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरू अघि बढेको जनाए।

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले नेता नेपालसहितलाई गरिएको कारबाही सिफारिसको कार्यान्वयन नभएकामा विरोध गरेको सम्बन्धमा सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री नेपालले भने, “उहाँहरूले त्यस्ता कुरा उठाउनुको कुनै अर्थ छैन ।”

उक्त दल राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ बमोजिम एमालेबाट विभाजन भई यही भदौ ९ गते दर्ता भएको थियो ।