नेपालले गर्यो गोलको बर्षा

बिहिबार, २४ भाद्र २०७८

काठमाडौं – नेपाली महिला फुटवल टिमले गोलको बर्षा गरेको छ । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले गोलको बर्षा गरेको हो ।

प्रीती राईले गरेको सुन्दर गोलसँगै नेपालले बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा दुई गोलले अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलको २३औं मिनेटमा सरु लिम्बुको पासमा प्रीतीले वान् भर्सेज वानमा बंगलादेशकी गोलकिपर रुपना चक्मालाई बिट् गर्दै पेनाल्टी एरिया बाहिरबाट सुन्दर गोल गरिन् ।

यसअघि डेब्यूट्यान्ट सबिता रानाले गरेको गोलसँगै नेपालले १–० को अग्रता लिएको थियो ।

विमला चौधरीले दायाँतर्फबाट दिएको लामो पासलाई ६ यार्ड बक्स नजिकबाट १४औं मिनेटमा हेडरमार्फत प्रहार गर्दै सबिताले उत्कृष्ट गोल गरिन् ।

एएफसी वुमेन्स एसियन कप छनोटको तयारीमा रहेका दुवै टोलीले अभ्यास स्वरुप आज र आइतबार दुई मैत्रीपूर्ण खेल खेल्दै छन् ।

उज्वेकिस्तानमा हुने एएफसी वुमेन्स एसियन कप २०२२ को छनोटमा नेपालले सेप्टेम्बर १८ मा फिलिपिन्स र २१ मा हङकङसँग खेल्ने छ ।