जनार्दनले दुई महिनामै घटाए ३७ अर्ब ऋण, कसरी भयो सम्भव ?

शुक्रबार, २५ भाद्र २०७८

काठमाडौं – सरकारले चालु आर्थिक वर्षको बजेटमा ऋणको ठूलो अंश कटौती गरेको छ ।

अनुत्पादक क्षेत्रमा सार्वजनिक ऋणको उपयोगले भविष्यमा साँवा तथा ब्याज भुक्तानीका लागि राजस्वको ठूलो हिस्सा छुट्याउनु पर्ने भन्दै अर्थमन्त्री जनार्दन शर्माले विनियोजन अध्यादेश, २०७६ मा ऋणको ठूलो अंश कटौती गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक ऋण तथा वैदेशिक क्रणको अंश करिव ३७ अर्ब घटाउँदै संशोधित बजेट ल्याएका हुन् ।

भावी पुस्तालाई ऋणको भार थपिन जाने, निजी क्षेत्रमा प्रवाह हुने वित्तीय स्रोत संकुचित हुने जोखिम रहने हुँदा सार्वजनिक ऋणलाई राष्ट्रिय आवश्यकता, पुँजी निर्माण, उच्च प्रतिफलयुक्त र उत्पादनशील क्षेत्रमा मात्र उपयोग गर्ने नीति सरकारले लिएको छ ।

‘यसबाट नेपाली जनतामा रहेको क्रणभार सानो अंशमा भएपनि कम हुन जानेछ,’ संशोधित बजेट वक्तव्यमा भनिएका छन् ।

१६ खर्ब ३२ अर्ब ८३ करोको बजेटमा वैदेशिक क्रणबाट २ खर्ब ८३ अर्ब ९ करोड र आन्तरिक क्रणबाट २ खर्ब ३९ अर्ब व्यहोरिने भएको छ ।