शिक्षक सेवा आयोगको लाइसेन्स खुल्दै

शनिबार, २६ भाद्र २०७८

काठमाडौँ – शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स)को परिक्षा खोल्ने भएको छ । आयोगले आगामी मङ्सिरमा लाइसेन्स परिक्षा खोल्ने भएको हो ।

आयोगले लाइसेन्स परीक्षाका मंसिरभन्दा अघिनै गर्ने तयारी गरेको भए पनि वार्षिक कार्यक्रमको कार्यतालिका अनुसार स्थायी शिक्षकको विज्ञापनपछि मात्र परीक्षा लिन लागेको हो।

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले विषयगत र वस्तुगत प्रश्न तयार गर्नुपर्ने भएकाले लाइसेन्स परीक्षाका लागि समय लाग्ने हुँदा मङ्सिर अघि लाइसेन्स परीक्षा सञ्चालन हुने सम्भावना नरहेको बताए।

उनका अनुसार अहिले आयोगले कार्यतालिका निर्माण गरिरहेकोले लाइसेन्स परीक्षा तत्काल सञ्चालन हुने सम्भावना छैन।

आयोगको कार्यतालिकाको आधारमा रोकिएका काम अगाडि बढ्ने उनको भनाइ छ।

आयोगले शिक्षक बढुवा, खुलातर्फको विज्ञापन गर्न नियमावलीमा संशोधन गरेपछि लाइसेन्स परीक्षा सञ्चालन गर्ने भएको छ।

आयोगले नियमावली बनाई मन्त्रालयमा पठाइसकेको छ । शिक्षा मन्त्रालयमा मन्त्री आउन ढिलाई भएकाले संशोधन गर्न ढिलाई भएकोे उनको भनाई छ ।