देउवालाई कसले सुनायो नाकैमा थप्पड खाएको इतिहास
काठमाडौँ – नेपालमा एमसीसीको चर्को विवाद र आलोचना भइरहेको बेलामा एमसीसी पास गराउँन दवाव दिने उदेश्यले एमसीसी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई पनी आलोचना भइरहेको छ ।
एमसीसी विरुद्ध बोल्नेलाई कडा कारबाही गर्ने भनेर परमादेश बाट बनेको देउवा सरकारले उर्दी मात्रै जारी गरेको छैन, एमसीसीको विरोधमा उत्रने माथी व्यापक मात्रामा धरपकड पनि गरिरहेको छ । देउवा सरकारको यो शैलीको व्यापक विरोध भइरहेको छ ।
देउवा सरकारले एमसीसी विरोधी आन्दोलनमा गरेको हस्क्षेपको विरुद्ध जनआक्रोस चुलिएको छ । शान्तीपूर्ण रुपमा जनताले गरेको आन्दोलनमा सरकारले हस्तक्षेप गरेको भन्दै सडक देखि सदनसम्मै आवाज उठेको छ । नेमकिपाका सांसद प्रेम सुवालले संसद वैठकमै निकै गम्भिर सँग यो बिषय उठाएका छन् ।
प्रतिनिधीसभाको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री देउवाले सुन्ने गरी शान्तीपुर्ण आन्दोलनमा सरकारले दमन गरेको भन्दै चर्को आलोचना गरेका छन् । यस्तो हर्कत देउवा र गृहमन्त्री बालकृष्ण खाँडलाई निकै मंहगो पर्ने चेतावनी पनि उनले दिएका छन् ।
संसद बैठकमा बोल्दै सुवालले इण्डीयामा कुनै समय शान्तीपुर्ण आन्दोलनमा दमन गर्दा तत्कालिन इण्डीयन प्रधानमन्त्री इन्धीरा गान्धीले नाकैमा थप्पड खाएको कुरा पनी देउवालाई स्मरण गराएका छन् ।
इण्डीयन प्रधानमन्त्री मोदी दक्षिण भारतमा जाँदा पनी सँधै कालो झाण्डा देखाउँने गरिएको भन्दै शान्तुर्ण आन्दोलन गर्न पाउँनु जनताको अधिकार भएको पनि उनले बताएका छन् ।
सुवालले इन्धीरा गान्धीले नाकैमा थप्पड खाएको देखी मोदी सम्मको उदारहण दिँदा प्रधानमन्त्री देउवा संसदको अघिल्लो रो मा बसेर कुरा सुनिरहेका थिए । त्यस बखत देउवाको बडि ल्याङेग्वेज असहज देखीन्थ्यो ।
एमसीसीलाई राष्ट्रघाती भन्दै सुवालले तत्काल खारेज गर्न पनी जोडदार माग गरेका छन् । जबर्जस्ती एमसीसी पास गराउँने हो भने पास गराउँनेको हालत अफगानस्थानको राष्ट्रपती भागे जसरी भाग्ने पर्ने दिन आउँने पनि सुवालले चेतावनी दिएका छन् ।