इन्टरपोलको अध्यक्षमा दक्षिण कोरियाका किम जोङ–याङ चयन
मङ्सिर ५, काठमाडौँ– इन्टरपोलको अध्यक्षमा दक्षिण कोरियाका किम जोङ–याङ विजयी भएका छन् । किमलाई इन्टरपोलका १९४ सदस्य राष्ट्रका सदस्यको दुबईमा भएको बैठकले किमलाई इन्टरपोलको अध्यक्षमा चयन गरेको हो ।
बैठकले अध्यक्षका प्रत्यासी रुसी एलेक्सान्डर प्रोकाप्चुकलाई अस्वीकार गरेको छ । उनीमाथि इन्टरपोलको एरेस्ट वारेन्ट सम्बन्धी नियमको दुरुपयोग गरेको आरोप लागेको थियो ।
उनले जित्ने आँकलन गरिएको थियो । तर उनले पद रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हितमा प्रयोग गर्न सक्ने आशंका गरिएपछि किम विजयी भएका हुन् ।