एमाले सांसद गंगा चौधरीको पोल खुल्यो
काठमाडौँ – नेकपा एमालेकी सांसद गंगा चौधरीको पोल खुलेको छ । उनले यतिसम्म अपराध गरेको सार्वजनिक भएपछि सबैजना चकित भएका छन् ।
नेकपा एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद चौधरीले दोस्रो बिहे गरेर आफ्नै ‘सौता’लाई दास बनाएर राखेको खुलासा भएको हो ।
सांसद चौधरीले दाङको राप्ती गाउँपालिका ७ बस्ने प्रहरी जागिरे नन्दलाल चौधरीसँग बिहे गरेकी हुन । नदलालका २ छोरी र एक छोरा हुँदाहुँदै प्रहरीको जागिरको प्रलोभनमा उनीसङ दोस्रो बिहे गरेको चौधरीमाथि आरोप छ ।
दोस्रो बिहे गरेकी गङ्गा अहिले सांसद भएपछि आफ्नै सौतालाई तथानाम गाली गलौज गर्ने घरमा कमलरी जस्तै बनाएर दास बनाएकी छिन् ।
गङ्गाकी सौताका छोराछोरी भएको उमेर पनि धेरै भइसकेकाले अन्त बिहे गर्न सक्ने अवस्था छैन त्यही देखेर गङ्गाले अपमानपूर्ण व्यवहार गर्ने गरेको स्थानी बासी बताउँछन् । प्रहरी सेवाबाट निवृत्त भएका आफ्नै श्रीमान् नन्दलाललाई उनले स्वकीय सचिव बनाएकी छिन् ।
श्रीमान् तथा स्वकीय सचिवले प्रहरीबाट आउने पेन्सन रकम समेत पहिलो पत्नीलाई नदिने गरेको स्थानीयवासी बताउँछन् । अधिकार र समानताको चर्को भाषण गर्दै हिँड्ने चौधरीको आफ्नै परिवारमा भने चरम अन्याय रहेको स्थानीयवासी बताउँछन् ।
कैलालीको तत्कालीन प्रतापपुर गाविस ६ खमारियामा जन्मेकी गङ्गाले सोही ठाउँकै तुलसी चौधरीसँग बिहे गरेकी थिइन् । त्यति बेला गङ्गाले तीन छोराछोरी भएको तुलसीसँग विवाह गरेकी थिइन् ।
पूर्व सांसद मोहनसिंह राठौरको स्वकीय सचिव भएका तुलसीसँग उनले सत्ताको प्रभावकै कारण विवाह गरेको चौधरी निकट एक एमाले कार्यकर्ता बताउँछन् ।
त्यति बेला तुलसीले गङ्गालाई बिहे गरेपछि परिवारमा कलह मच्चियो । गङ्गाले अन्तिममा तुलसीसङ अंश लिएर केही समय माइतमै बसिन् । तुलसीसङ सम्बन्ध विच्छेद्य भएको वर्ष दिन बित्न नपाउँदै गङ्गाले फेरी अर्को विवाह गरेकी थिइन् ।
जातीय थरुहट आन्दोलनबाट नयाँ शक्ति हुँदै एमाले प्रवेश गरेकी उनले चुनावमा नयाँ शक्ति र एमाले दुवैमा आफ्नो नाम राखेकी थिइन् । यस विषयमा प्रतिक्रिया लिन सांसद चौधरीको मोबाइल नम्बरमा फोन गर्दा उनले फोन उठाइनन् ।
कोरोना महामारीका बिच चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर समेत चौधरीको घरमा भेटिएको थियो । उक्त घटनापछि समेत चौधरी निकै विवादित बनेकी थिइन् ।