एमसीसी छिटो पास गर्नुपर्छ : बाबुराम भट्टराई

सोमबार, २८ भाद्र २०७८

काठमाडौं – जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले एमसीसी छिटो पास गर्न पर्ने बताएका छन् ।

जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुने बताएका हुन् ।

सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै भट्टराईले एमसीसीमा राष्ट्रिय सहमति गरेर छिटो अनुमोदन गर्नुपर्ने बताएका हुन् ।

‘यसमा राजनीतिक दलहरुले छिटो भन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ । तर हाम्रो पार्टी जसपाले एक्लै निर्णय गर्न सक्दैन ।

त्यस अर्थमा राष्ट्रिय सहमतिबाटै टुंगो लागोस्’ उनले भने ।

अहिले एमसीसीको विषय गिजोलिएर जनस्तरसम्म कित्ताबन्दी भएको भन्दै भट्टराईले यसलाई बेलैमा टुंगो लगाउनुपर्ने बताए ।