प्रहरीद्वारा काठमाडौँमा १८ हजार अवैध घरेलु मदिरा नष्ट
मङ्सिर ५, काठमाडौँ– काठमाण्डौ जिल्ला गोकर्णेश्वर नगरपालीका १ त्रिवेणी चोक स्थित विभन्न टहराहरूमा अवैध रूपमा घरेलु मदिरा उत्पादन गरेको अवस्थामा १८ हजार ७ सय ५० लिटर अवैध घरेलु मदिरा महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले नष्ट गरेको छ ।
तयारी घरेलु मदिरा ५ हजार २ सय ५० लिटर र कच्चा पदार्थ १३ हजार ५०० सय लिटर र १५ वटा गरि १८ हजार ७ सय ५० लिटर मदिरा नष्ट गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।