सरकारले गर्यो जनताको पक्षमा गजवको निर्णय, देशभर खुशीयाली

बुधबार, ३० भाद्र २०७८

काठमाडौं – सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरेको छ । आयोगमा दुई जना पदाधिकारीलाई नियुक्तसमेत गरेको छ ।

भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले नवनियुक्त अध्यक्ष र उपाध्यक्षले बुधबार शपथ लिएको जानकारी दिए ।

अरु सदस्यहरु भने नियुक्त भएका छैनन् । सरकारले हालै देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।

केपी ओली नेतृत्वका सरकारले गैरकानुनी रुपमा भुमी सम्बन्धी समस्या समाधान अयोग गठन गरेको पाएपछि शेरबहादुर देउवा सरकारले आयागै खारेज गरेको थियो ।

यो आयोगले देशभर सुकुबासीहरुको अवस्था, उनीहरुको व्यवस्थापन र भुमी सम्बन्धी देखिएका समस्याहरुको पहिचान गरि समस्या समाधान गर्ने म्याण्डेट पाएको छ ।