मध्यरात राष्ट्रपति भेट्न गोप्य रुपमा शीतलनिवास पुगे ओली
काठमाडौँ – नेपालको राजनीतिक माहोल तातिरहेका बेलामा राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
नेकपा एमालेले पार्टीले कारवाही गरेका १४ जना सांसदलाई पद सभामुख अग्नि प्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै संसद अबरुद्ध गरिरहेको छ ।
यहिबीच राष्ट्रपतिलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली मध्यराती राष्ट्रपति निवास शीतलनिवास पुगेको खुलासा भएको छ ।
गोप्य रुपमा गरिएको भेटबार्ताको १० घण्टा वित्न नपाउँदै सार्वजनिक भएको छ । ओली भण्डारीको बुधबार राति भेटवार्ता भएको स्रोतले पुष्टि गरेको छ ।
स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बुधबार राति ८ बजे शीतलनिवास पुगेका थिए । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच झन्डै दुई घण्टासम्म छलफल भएको स्रोतले जानकारी दिएको छ।
दुई जनाबीच एमाले पार्टी, संसद् बैठकलगायत समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको स्रोतले बताएको छ।
ओली पूर्वी नेपालमा आयोजनामा भएको सभालाई सम्बोधन गरेर फर्किएपछि राष्ट्रपति भण्डारी भण्डारी शीतलनिवास छिरेका थिए ।