अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल

शनिबार, २ असोज २०७८

काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् ।

शनिबार भएको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् ।

अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिएका छन् ।

बराल झापाकै भएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्यार्थीमा बराललाई स्पेस दिएका हुन् ।