जनपत्रकार संगठन नवलपरासीको अध्यक्षमा प्रदीप
असोज – जनपत्रकार संगठन नेपाल नवलपरासीको प्रथम जिल्ला भेला बर्दघाटमा सम्पन्न भएको छ । भेलाले प्रदिप पाठकको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ ।
भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा नवलपरासी सचीव धिरजलेूकेहि पत्रकारले जनताको समस्या र शोषीत पिडितको जनताको पक्षमा समाचार नलेख्ने बरू मिडिया मालिक र व्यापारीको दलाली गर्ने प्रवृत्ति व्याप्त रहेको बताए।
सत्य तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व हो तर केही पत्रकारले आफ्नो कर्तव्य बिर्सिएर जनताको आवाज नभई केहि व्यक्तिको आवाजलाई प्राथमिकतामा राख्ने गरेको उनको भनाई थियो।
‘जनपत्रकार संगठन आबद्ध पत्रकारहरुले समाजमा भएका समस्या आवाजविहिन नागरिकको आवाज बोल्नु पर्छ ।’ उनले भने, ‘समाजमा रहेका गरीब, पीडित, शोषीत वर्गहरुका समस्यालाई आफ्नो कलमको माध्यमबाट उजागर गर्दै जनताको हक हित र अधिकारका लागि पत्रकारीता गर्नु पर्छ ।’
कार्यक्रममा नेकपा नवलपरासी जिल्ला सदस्य एवं बर्दघाट नगर इन्चार्ज प्रताप,नगर सदस्य गणेश,ओम कार्की लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो।कार्यक्रमको अध्यक्षता एवं संचालन प्रदिप पाठकले गरेका थिए ।
संगठनले आगामी असोज १० र ११ गते दाङको घोराहीमा लुम्बिनी प्रदेशको सम्मेलन गर्दैछ ।