जनकपुरधाममा के गर्दै छिन् पूर्वयुवराज्ञी हिमानी शाह ?

सोमबार, ४ असोज २०७८

जनकपुरधाम – पूर्व युवराज्ञी हिमानी शाह जनकपुरधाम आइपुगेकी छन् । हिमानी ट्रस्टले सोमबार आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी यहाँ आएकी हुन् ।

ट्रस्टले कन्या मावि स्कुलमा खानेपानी सम्बन्धी सामग्री वितरणका गर्ने कार्यक्रम राखेको छ । आइतबार साँझ हिमानीले जानकी मन्दिरमा विशेष पूजा पनि गरेकी छन् ।

शाहले ट्रस्ट मार्फत समाजसेवा गर्दै जनताको मन जितिरहेकी छन् । बाढि पहिरो पीडितहरुलाई राहत दिएर चर्चामा आएकी हिमानी तराईमा खानेपानी समस्या समाधानमा केन्द्रीत भएकी छन् ।

२०६५ साल जेठ १५ गते नेपालमा राजतन्त्रको विधिवत अन्त्य भएपछि उनी समाजसेवामा समर्पित भएकी थिइन् ।

नेपालमा फेरी राजतन्त्र फर्काउन सकिन्छ भनेर जनताको मन जित्न उनी यस्ताखालका गतिविधि गरिरहेकी छन् । उनको यो कार्यको देशभर प्रसंसा पनि भएको छ ।