श्रीमान मार्न ६० हजार दिने महरा पक्राउ
काठमाडौँ – आफ्नो श्रीमान मार्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ परेको छ । श्रीमान मार्न सुपारी दिएको आरोपमा प्रहरीले सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँकी हरिहरदेवी महरालाई पक्राउ गरेको हो ।
४० वर्षीय दुखरण महराको हत्यामा मुख्य योजनाकार रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलाय सिरहाका अनुसार उपचारको बहानामा दुखरणलाई भारतको जयनगर पु–याई हरिहरदेवीले भारतीय नागरिक मुकेश यादव समूहलाई ६० हजार रकमको सुपारी दिएकी थिइन् ।
प्रवक्ता डिएसपी सुवास बुढाथोकीले हरिहरदेवीलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको छ ।
दुखरणको शव विहारको मधुवनी जिल्ला अन्तर्गत जयनगर बजार नजिकै गत भदौ १९ गते फेला परेको थियो ।
महराको शव धारिलो हतियारले घाँटी रेटिएको र शरीरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो ।