देउसा सरकारको ओली विरोध अर्को कठोर निर्णय, ओलीलाई रुनु न हाँस्नु

मंगलबार, ५ असोज २०७८

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध अर्को कठोर निर्णय गरेको हो ।

सरकारलदे ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने कठोर निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।

यो निर्णयले केपी ओलीलाई अर्को झट्का दिएको छ । उनलाई रुनु न हाँस्नु भएको छ । अब अमेरिकी सहयोग परियोजना एमसीसी पनि अगाडि नबढ्ने लगभग पक्का भएको छ ।

अमेरिका परस्त खतिवडालाई राजदूतबाट हटाउनु नै एमसीसी पास नगर्ने जवाफ भएको कुटनीतिक क्षेत्रका जानकारहरुको भनाई छ ।