नेतालाई प्रचण्डको फोन : दौरा सुरुवाल लगाएर बस्नुहोस्, जतिबेला पनि बोलाउन सक्छु
काठमाडौँ – आजै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । त्यसका लागि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीका नेताहरुलाई समेटेर पहिलो चरणको मन्त्रीपरिषद् विस्तार आजै हुने बालुवाटार श्रोतको भनाई छ ।
मन्त्रीपरिषद बैठक बैठक सकिए लगत्तै सत्ता गठबन्धन पाँच दलको बैठक बसेको छ । बैठकले मन्त्रालयहरुको बाँडफाँड गर्ने श्रोतको भनाई छ ।
मन्त्रालय बाँडफाँड सकिएपछि आजै थोरै संख्यामा मन्त्री थपिने माओवादी केन्द्रका एक नेताले बताए ।
‘मलाई अघि भर्खरै अध्यक्ष प्रचण्डको फोन आएको थियो । उहाँले दौरा सुरुवाल लगाएर बन्न भन्नुभएको छ ।’ मोटिभेटसँगको टेलिफोन सम्बादमा उनले भने, ‘आजै पहिलो चरणको मन्त्रीपरिषद् विस्तार हुने छ ।’
गठबन्धनको बैठकले मन्त्रालयको टुंगो लगाउने वित्तिकै सपथको कार्यक्रम रहेको बालुवाटार श्रोतको भनाई छ ।
दल विभाजन सम्बन्धी अध्यादेशका कारण जनता समाजवादी पार्टी तत्काल सरकारमा सहभागी नहुने भएपछि देउवाले पहिलो चरणमा मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । दोश्रो चरणमा नेपाली कांग्रेस र जसपाका नेताहरुलाई समेटेर मन्त्रपिरिषद विस्तार गर्ने तयारी छ ।