पोखराका चर्चित व्यक्ति सवार कार त्रिशूलीमा खस्यो
काठमाडौं – त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खसेको हो ।
चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
ग.२ च ४९१८ नम्बरको कार गएराति साढे १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालक सहित तीनजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन् ।
उनीहरुको खोजी कार्यभइरहेको छ ।