गोकुल बास्कोटालाई प्रचण्डले भने, ‘७० करोडको कुरा त सुन्नु भएको होला’
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले एमाले नेता गोकुल बास्कोटामाथि कडा व्यंग्य गरेका छन् ।
बिहिबार वाईसीएलको पाँचखाल नगर सम्मेलन सम्बोधन गर्ने क्रममा प्रचण्डले सेक्युरिटी प्रेस खरिदको ७० करोड बार्गेनिङको बिषयमा कुरा गर्दै सो कुरा बताएका हुन ।
उनले त्यहाँबाट निर्वाचित सांसद बास्कोटा जोडिएको ७० करोड काण्डबारे चर्चा गरे । ७० करोड काण्डमा छानबिन गर्नभन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले फसाएको भनेर बास्कोटालाई संरक्षण दिएको प्रचण्डले दाबी गरे ।
प्रचण्डले भने ओली प्रधानमन्त्री भएपछि भ्रष्टाचार गर्दिन गर्न दिन्नँ भने सुन्दा योभन्दा राम्रो त कुरा हुँदैन । तर उनले आफूले गरेका भ्रष्टाचार ढाकछोपमात्रै गरे उनले थपे काभ्रे जिल्लामा ७० करोडको कुरा त सुन्नु भएको होला ।
यो काण्ड प्रमाणित रूपमा आयो मैले यस्तो विकृति विसंगति रोक्नुपर्छ भनेर ओलीलाई भने तर ओलीले अकार्ले फसाएको हो भनेर उन्मुक्ति दिए ।
उनले आफ्नो पहिलो कार्यकालमा कसैले भ्रष्टाचार भयो भन्ने ठाउँ पनि नपाएको बताए । उनले भने मेरो पहिलो प्रधानमन्त्रीकालमा कसैले भ्रष्टाचारको उच्चारण गर्न पाएन । त्यति स्वच्छ कार्यकाल नेपालमा आजसम्म भएकै छैन ।
उनले ओलीको पालामा सुरुदेखि नै भ्रष्टाचार भएको भन्दै उनको कार्यकालमा यति, ओम्नी, ७० करोड, खोपमा अनियमितता, वाइडबडी, जाँदाजाँदै बाजागाजामा करोडौंको भ्रष्टाचार गरेको कुरा उक्त सम्मेलनमा आफ्नो भनाई राखेका थिए ।