किन चोरियो श्रीपेज ? चोरको अभिव्यक्ति सुनेपछि पूर्वराजा ज्ञानेन्द्र चकित

शुक्रबार, ८ असोज २०७८

काठमाडौं – नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच चोर्ने प्रयास भएको छ । चोर्न खोज्ने एक जना पक्राऊ परेका छन् ।

श्रीपेज निकाल्दै गर्दा नेपाली सेनाले खिमबहादुर घर्तीलाई पक्राउ गरेको थियो । पक्राउ परेका घर्तिले आफूलाई राजा हुन मन लागेकाले श्रीपेज चारेको बताए ।

सेनाले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको थियो । प्रहरी कहाँ उनले आफूलाई राजा बन्न लागेकाले श्रीपेच निकाल्न खोजेको बयान दिएका हुन् ।

उनले दरबारमा बस्न मन लागेर श्रीपेच निकाल्न खोजेको बयान प्रहरीसमक्ष दिएको स्रोतले बताएको छ। उनी अहिले प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

शुक्रबार बिहान अवलोकन गर्न पुगेका पश्चिम रुकुम मसिकोट ११ का घर्तीले श्रीपेच राखिएको ठाउँबाट खुकुरी झिकेर सिसा फुटाउन खोजेका थिए। श्रीपेच बुलेटप्रुफ सिसाभित्र रहेकाले सुरक्षित रहेको बताइएको छ ।

त्यहाँ सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएको थियो। सिसा फुटाउँदा उनको हातसमेत काटिएको छ।

राज परिवार बाहिरैबाट राजा हुन मन लागेको अभिव्यक्ति दिएपछि पूर्वराज ज्ञानेन्द्र शाह चकित भएका छन् । यो विषयले पूर्वराजा र राजतन्त्रको विषयमा चर्चा भएको शाह खुशी भएको बुझिएको छ ।