नेपाली कांग्रेसका उप–सभापतिसहित दजौँ युवा एमालेमा प्रबेश

सोमबार, ११ असोज २०७८

काभ्रे – नेपाली कांग्रेसका उप–सभापतिसहित दजनौँ युवा नेकपा एमालेमा प्रबेश गरेका छन् ।

काभ्रेको धुलिखेलमा आयोजित पार्टी प्रबेश कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर २ का उपसभापति उद्यव घोरासाइनी नेकपा एमाले प्रबेश गरेका हुन् ।

उनीसहित क्षेत्रीय प्रतिनिधिले पनि कांग्रेस पार्टी परित्याग गरि सोमवार नेकपा एमालेमा प्रवेश गरेको छ । एमालेले गरेको पार्टी प्रबेश कार्यक्रममा कांग्रेसका क्षेत्रीय प्रतिनिधि त्रिलोचन चौलागाईं र आशाकाजी तामाङ लगायतका युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु र उपमेयर बिमला शर्माले टिका र खाता लगाएर पार्टी प्रवेश गराएका थिए ।

पछिल्लो समय नेकपा एमालेमा प्रबेशको लहरै चलेको छ । पछिल्लो साता मोरङ, झापा, सुनसरी, काठमाण्डौँ, पोखरा लगायतका स्थानमा एमाले प्रबेशको लहर चलेको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वडा तहमा नै पराजीत भएपछि नेपाली कांग्रेसका एक नेता पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसबाट २ पटक संविधानसभाका सदस्य भएका बिर्तामोड निवासी अमृतलाल राजवंशीलाई नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर नेकपा एमालेमा प्रवेश गराएका हुन् ।

राजवंशीले नेपाली कांग्रेस परित्याग गरेपछि उनलाई एमाले प्रवेश कार्यक्रममा झापाका पार्टी अध्यक्ष चिन्तन पाठक, झापा–काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष सुरज काफलेलगायतका झापाली नेताहरुको उपस्थितिमा नेकपा अध्यक्ष ओलीले टिका लगाएर स्वागत गरेका थिए ।

एमालेमा प्रवेश गर्दै राजवंशीले नेकपा एमाले राजनीतिक स्थायित्व र विकासको पक्षमा रहेको, राष्ट्रिय एकता र राष्ट्रियताको पक्षमा रहेको एमालेले नेतृत्व भारतले लगाएको नाकाबन्दीमा राष्ट्रिय अडान लिएको बताएका छन् ।