बागमती प्रदेशको मुख्यमन्त्रीमा नयाँ पात्रको इन्ट्री, माधव नेपाललाई धोका

बिहिबार, १४ असोज २०७८

काठमाडौँ – बागमती प्रदेशको मुख्यमन्त्रीमा नयाँ पात्रको इन्ट्री भएको छ । मुख्यमन्त्री बन्न खुट्टा उचालेर बसेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका नेता राजेन्द्र पाण्डे जिल्ल परेका छन् ।

नेकपा एमाले विभाजन भएपछि वागमतीको मुख्यमन्त्री नेकपा एसको पोल्टामा पर्ने हिसाब निकालेर मुख मिठ्याएर बसेका राजेन्द्र पाण्डेले अन्तीममा राजनीतीले नयाँ मोड लिएपछि जिल्ला परेका हुन् ।

नेपाली काग्रेसका सभापतीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशको मुख्यमन्त्रीमा आफ्ना विश्वास पात्र इन्द्र बानियालाई अघि सारेका छन् । नेपाली काग्रेस बागमती प्रदेश संसदीय दलका नेता बाँनीया कुनै पनि हालतमा मुख्यमन्त्री पड्काउँने दाउमा लागेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनअघि इन्द्रबहादुर बानियाँलाई जसरी पनि मुख्यमन्त्री बनाउन चाहन्छन् । कांग्रेस नेताहरुले पार्टीको महाधिवेशन सम्पन्न भएको १५ दिनपछि बागमती प्रदेश सरकारको नेतृत्व लिन एकीकृत समाजवादीका नेताहरुलाई आग्रह गरेका छन् ।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेका अनुसार २५ गतेसम्म प्रदेशसभाको नवौं अधिवेशन बोलाएर विश्वासको मत लिने मुख्यमन्त्री शाक्यको तयारी छ ।

प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनको बहुमत छ ।

माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ सांसद एकठाउँमा उभिँदा बहुमत पुग्छ । १०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५५ सांसद चाहिन्छ, पाँचदलीय गठबन्धनसँग ५८ सांसद छन् ।

तर गठबन्धनबाट मुख्यमन्त्री को भन्ने टुंगो लागेको छैन । मुख्यमन्त्रीमा कांग्रेस र एकीकृत समाजवादी पार्टीको दाबी छ । ७ वटा प्रदेश सरकारमध्ये दुई वटा प्रदेश १ र बागमती को मुख्यमन्त्री आफूले पाउनुपर्ने एकीकृत समाजवादीको दाबी छ ।

प्रदेश १ को माधवकुमार नेपाल नेतृत्वको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने निश्चित जस्तै छ । तर बागमतीमा भने कांग्रेसले अढाइ महिना सरकारको नेतृत्व आफ्नो दललाई दिन प्रस्ताव गरेको छ ।

बागमतीमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ छन् । उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन् । देउवाले महाधिवेशनअघि बानियाँलाई जसरी पनि मुख्यमन्त्री बनाउन चाहन्छन् ।

कांग्रेस नेताहरुले पार्टीको महाधिवेशन सम्पन्न भएको १५ दिनपछि बागमती प्रदेश सरकारको नेतृत्व लिन एकीकृत समाजवादीका नेताहरुलाई आग्रह गरेका छन् । तर सहमति भइसकेको छैन ।

एकीकृत समाजवादीबाट संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने तयारीमा छ । एक नेता भन्छन्, ‘भरेभोलि मन्त्रालय बाँडफाँटबारे छलफल हुँदा प्रदेश सरकारको नेतृत्वबारे पनि एउटा सहमति होला ।’