भाषण मात्र होईन एक्सनमै उत्रिए विप्लव, अमेरिकासमेत झस्कियो
काठमाडौँ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एक्सनमा उत्रिएको छ । जसरी पनि नेपालबाट एमसीसी पिर्ता पठाउन पर्ने भन्दै संघर्षमा उत्रिएको नेकपाले एक्सन लिन थालेको छ ।
नेकपाले एक्सन लिन थालेपछि अमेरिका समेत झस्किने संकेत देखिएको छ । विप्लव नेतृत्वको नेकपा, नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा ३८५ रोपनी जग्गा कब्जा गरेर एक्सनमा उत्रिएको छ ।
अमेरिकी सहायता परियोजना (एमसिसी) ले परियोजनाअन्तर्गतको कामका लागि स्थानीयबाट करिब एक अर्ब ४० करोडमा किनेको (अधिग्रहण) जग्गा नेकपाका जिल्लास्तरीय नेताहरुको टोलीले सोमबार गएर कब्जा गरेको हो।
नेकपाका नेताहरुले पार्टीको झण्डा गाडेर सो जग्गा ज–जसले बेचेको हो उनीहरुले नै भोगचलन गर्न भनेका हुन्। नेकपाका नेताहरुले एमसीसी छिर्न नदिने र कसैले कब्जा गरिएको जग्गा स्थानीयबाट लिन खोजेमा कडा कारवाही गर्ने चेतावनीसमेत दिएका छन्।
नेकपा कार्यकर्ताहरु सोमबार सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनको मागसहित धर्ना बसेका थिए। धर्नामा रहेकाहरुले नै एमसिसीले अधिग्रहण गरेको जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेका हुन्।

रातामाटेमा प्रसारण लाइन सबस्टेसनका लागि अधिकरण गरेको ३८४ रोपनी जग्गामा नेपाल कम्युनिस्ट पार्टीको व्यानरसहित झन्डा गाडेर कब्जा गरेको हो ।
नेकपा नुवाकोटले स्थानीय जनताको उपस्थितिमा उक्त जग्गामै झन्डा गाडेर विज्ञप्तिसमेत टाँस गरिएको छ । पार्टीले एमसीसीविरुद्ध प्रदर्शनसहित कोणसभा पनि गरेको थियो ।
स्थानीय जनतासहित नेकपा नुवाकोटले उक्त जग्गामै झण्डा गाडेर र विज्ञप्ती टाँगेर कब्जा गरिएको जानकारी दिदै विरोध प्रदर्शनसहित कोणसभा गरेको हो ।
कोणसभामा उक्त जग्गा पार्टीले कब्जा गरेको घोषणा गर्दै सोही जग्गा जनतालाई पूर्ण रुपमा उपभोग गर्न र एमसीसीलाई कुनै पनि हालतमा नदिन नेकपाले अनुरोध गरेको छ । जनतालाई आफ्नो जग्गा उपभोग गर्नबाट वञ्चित गर्न खोजिए राष्ट्रघाती एमसीसीका दलालहरूलाई त्यही धर्तीमा गाड्ने चेतावनीसमेत दिएको छ ।