कांग्रेसकी चर्चित सांसदले जन्माइन बिबाह नै नगरी बच्चा
काठमाडौं – एक चर्चित सांसदले बिबाह नै नगरी बच्चा जन्माएकी छिन् । अभिनेत्रीसमेत रहेकी तृणमूल कांग्रेस (टीएमसी)की नुसरत जहाँले बिबाह नगरिकनै बच्चा जन्माएकी हुन् ।
बाबुको टुङ्गो नभएरै छोरा जन्माएपछि नुसरत तनावमा छिन् । अभिनेत्रीले एक छोरालाई जन्म दिएकी हुन् । आमा बनिसकेपछि फ्यान र सेलिब्रेटीहरु नुसरतलाई बधाई दिइरहेका छन् ।
नुसरत जहाँको गर्भावस्थाको बारेमा धेरै विवाद भएको थियो । नुसरत धेरै दिन देखि गर्भवती भएको खबरहरु आएका थिए ।
पछि नुसरतले बेबी बम्प देखाउँदै सार्वजनिक गरेको तस्विर भाइरल भयो । त्यसपछि उनको गर्भावस्था पुष्टि भयो ।
जब नुसरतको गर्भावस्थाको खुलासा भयो, त्यस समयमा उनी पति निखिल जैनसँग अलग भएको कुरा चर्चामा थियो । नुसरतको २०१९ मा निखिल जैनसँग विवाह भएको थियो ।
तर यस वर्ष भएको तनावपछि उनीहरु अलग भएका छन् । नुसरतको गर्भावस्थामा निखिल जैनले भनेका थिए कि उनी यस बारेमा केहि जान्दैनन् ।

उनले त्यसबेला पेटमा हुर्कदै गरेको बच्चा आफ्नो नभएको बयान दिएका थिए । त्यसबीच, नुसरत जहाँको अभिनेता यश दासगुप्तासंग अफेयर भएको चर्चा चल्यो ।
नुसरत जहाँ र निखिल जैनले सार्वजनिक रुपमा एक अर्का बिरुद्ध धेरै गम्भीर आरोप लगाएका छन् । निखिलले नुसरत र यश दासगुप्ताको अफेयर तिर इशारा गरेका थिए ।
यद्यपि निखिलले सीधै यशको नाम लिएनन् । तर यो पक्कै संकेत गरिएको थियो कि उनीहरुको सम्बन्धमा तनाव यशको कारणबाट आएको हो ।
नुसरतले निखिलसँगको बिहे अमान्य भन्दै अलग भएपछि आफ्नो एक बयानमा भनेकी थिइन्, ‘टर्की विवाह नियमनको अनुसार, एक विदेशी भूमिमा भएकोले, विवाह अमान्य छ ।
किनकि यो दुई फरक धर्मका मानिसहरु बीचको एक विवाह थियो, त्यसैले त्यसलाई भारतमा कानूनी मान्यता दिन आवश्यक थियो । आवश्यक थियो तर यो भएन् ।’ नुसरतले थप्दै भनेकी थिइन्, ‘कानूनी रूपमा यो विवाह मान्य छैन, तर एक सम्बन्ध वा लिभ–इन सम्बन्ध हो ।
त्यसैले सम्बन्ध विच्छेदको प्रश्न उठ्दैन ।’ नुसरतले निखिललाई आफ्नो खाताबाट पैसा निकालेको आरोप समेत लगाएकी थिइन् । यता, निखिलले पनि आरोप लगाए कि नुसरत जहाँ विवाह दर्ता गर्नबाट भाग्दै थिइन् ।