नेपाली कांग्रेसका ठूलै नेताले गरे एमाले प्रबेश
काठमाडौँ – विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रबेश गर्नेहरुको लर्को लागेको छ । देशभरबाट विभिन्न पार्टीका जिम्मेवार नेताहरु नेकपा एमाले प्रबेश गरिरहेका छन् ।
यसबीच नेपाली काङ्ग्रेसका एक स्थानीय नेता नेकपा एमालेमा प्रबेश गरेका छन् । काठमाडौँ जिल्लाको बुढानिलकण्ठ नगरपालिका बडा नम्बर १० का इकाई समिति सदस्य एमालेमा प्रबेश गरेका हुन् ।
इकाई सदस्य सुदर्शन पौडेल र पार्वता गौतम नेकपा एमालेमा प्रबेस गरेका हुन् ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० शाखा कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका प्रमुख अतिथी डा. राजन भट्टराईले पौडेललाई नेकपा एमालेमा स्वागत गरेका थिए।
लामो समय देखि नेपाली काङ्ग्रेसमा सकृय रहेका पौडेल भर्खरै सम्पन्न इकाइ अधिवेशनबाट सदस्यमा निर्वाचित भएका थिए।
पौडेललाई स्वागत गर्दै कार्यक्रमका प्रमुख अतिथी डा. भट्टराईले नेपालको विकास र समृद्धिको बाहक नेकपा एमाले रोजेकोमा धन्यवाद दिएका थिए।
पौडेलले नेपाली कांग्रेस निकट नेपाल पर्यटन होटल श्रमिक संघ केन्द्रीय उपाध्यक्षका रुपमा पनि काम गरिसकेका छन।