मन्त्रिपरिषद्ले पायो पूर्णता, यो हो मन्त्रीहरुको अन्तिम लिष्ट

शुक्रबार, २२ असोज २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । आजै नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूपछिको बरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् ।

शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका देउवाले आफू पछिको वरियतामा खाँणलाई वरियतामा राखेका हुन् । सरकारका उपप्रधानमन्त्री छैनन् ।

त्यसैले अब प्रधानमन्त्री देउवा विदेश जाँदा वा कुनै कारणले काम गर्न असमर्थ भएर जिम्मेवारी दिनुपर्दा गृहमन्त्री खाँणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउने छन् ।

नेपाली काँग्रेसबाट मिनेन्द्र रिजाल, दिलेन्द्र प्रसाद बडू, उमाकान्त चौधरी नयाँ मन्त्रीका एपमा नियुक्त भएका छन् भने माओवादीबाट देबेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज (अथक) मन्त्री भएका छन् ।

बरियता क्रमअनुसार माओवादीबाट पम्फा भुसालले पार्टीको नेतृत्व गरेको देखिएको छ । अर्थमन्त्री जनार्धन शर्मालाई विरोध खतिवडा भन्दा तल राखिएको छ ।