महानायक राजेश हमालले एमालेका ठूलै नेतालाई ठगेपछि…

मंगलबार, २६ असोज २०७८

काठमाडौँ – महानायक राजेश हमालले नेकपा एमालेका ठूलै नेतालाई ठगेको रहस्य खुलेको छ । हमालले काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितलाई ठगेका हुन् ।

बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत भइसकेका नेता स्थापितलाई हमाले ठगेका हुन् । हमालले गएको स्थानीय निर्वाचनमा ठगेकाले हार व्यहोर्नु परेको स्थापित आरोप लगाएका छन् ।

उनको महानायक राजेश हमालले ठगेका कारण काठमाडौंको एक वडामा निर्वाचनमा पराजित हुनु परेको भन्दै दुखेसो पोखेका छन् ।

ललितपुरका शनिबार आयोजित एक कार्यक्रममा नेता स्थापितले गएको ७४ सालको स्थानीय तहको निर्वाचनमा नायक राजेश हमाल माधव नेपालकोमा गएर चुनाव हराएको आरोप लगाए ।

‘पहिला म आफै प्रचारमा लाग्ने भन्दै आश्वसन दिएर निर्वाचन लड्न प्रतिनिधि पठाए’ उनले भने, ‘तर प्रचारको बेला सुटिङमा गएर धोका दिए । त्यही कारण निर्वाचनमा हार्नु पयर्षे ।’

नेता स्थापितले ती को प्रतिश्पर्धी थिए भन्ने विषयमा नखुलाए पनि हमालप्रति गुनासो पोखेका थिए ।

नेता स्थापितले आउँदो निर्वाचनमा हजार वटा उपाय लगाएर हराउने अनि जितको सुनिश्चित गर्नुपर्ने बताए ।

उनले पार्टीमा माधव नेपाल, बामदेव र प्रचण्डलाई भाग बाड्नु पर्दा निर्वाचन हार्नु परेको भन्दै दुखेसो व्यक्त गरे ।

त्यसबेला एमालेले काठमाडौंमा १८ वटा वडा जितेको थियो भने १४ वटामा पराजित भएको थियो