आज त बालुवाटारमा अच्चमै भयो, प्रधानमन्त्री देउवाले गरे हिस्ट्री ब्रेक

शुक्रबार, २९ असोज २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमै दसैंको टिक लगाएका छन् । संधै बूढानीलकण्ठस्थित आफ्नै निवासमा टिका लगाउने गर्थे ।

तर आए उनले परिवारसँगै दसैं परेर बालुवाटारमै दसैं मनाएका छन् । पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुभ साइतमै परिवारका सदस्यहरुलाई टीका लगनइदिएका छन् ।

अघिल्लो दसैंहरुमा ज्योतिशको हातबाट टिका लगाउने देउवाले यो पटक भने लगाएनन् । उनले ज्योतिशको हातबाट टिका नलगाएपछि अच्चम भएको विश्लेषण हुन थालेको हो ।

उनले ज्योतिशको सट्टा आफ्नै पत्नि आर्जु राणा देउवासँग टिका लगाएका छन् ।

प्रधानमन्त्री देउवाले पत्नी आरजु, छोरा जयवीर तथा भतिजहरु भानु र प्रकाशलाई टीका लगाइदिएका थिए । प्रधानमन्त्री देउवाले भने पत्नी आरजुकै हातबाट टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार माता पिता दुवैजनाको निधन भइसकेका कारण प्रधानमन्त्रीले पत्नीको हातबाट टीका ग्रहण गरेका हुन् ।

यसअघि शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले दसैंमार्फत सबै नेपालीमा आपसी सद्भाव र भाइचारा अभिवृद्धिको कामना गरेका थिए ।

यता बालुवाटारमा टिका लगाई रहदा धनगढीस्थित घरमा चोरी भएको छ । सहदर भाइ बस्दै आएको घरमा दिउसो चोरी भएको हो ।

४ हजार रुपैयाँ, ३ तोला र ३ तोला चाँदी घरको ताला फोडेर चोरी भएको प्रहरीले जनाएको छ । यो घटनाबार थप अनुसन्धान भइरहेको छ ।