एकाविहानै भूकम्पका धक्का, तपाईले थाहा पाउनु भयो ?
काठमाडौँ – एकाविहानै भुकम्पको धक्का महशुस भएको छ । गोरखा केन्द्र भएर आज बिहान भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो।
मान्बु आरूघाट गाउँपालिकामा पर्छ।
आज बिहान ४ बजेर ९ मिनेटमा ४।३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो।
२०७२ वैशाख १२ मा गोरखाकै बारपाक केन्द्र रहेर भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।
उत्तः भुकम्पनी ८ हजारभन्दा धेरैको ज्यान लिएको थियो भने अर्बौका संरचनाहरु धोस्त भएका थिए । काठमाडौँको धरहरा, सिंहदरबार, रानीपोखरी लगायतका संरचना ढलेका थिए ।
अहिले सिंहदरबार, धरहरा, रानीपोखरी पुननिर्माण भइसकेका छन् भने देशका अधिकांश घरहरु पनि निर्माण भइसकेका छन् । हरु सार्वजनिक संरचाना भने बन्न अझैँ बाँकी छन् ।