बालुवाटारको गोप्य भिडियो भाइरल भएपछि देउवालाई तनाव (भिडियोसहित)
काठमाडौँ – प्रधानमन्त्री निवास वालुवाटारमा दशैंको टीका थापेर दाम राख्दै गरेको भिडियो भाइरल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई तनाव भएको छ ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले दशैंको क्रममा कार्यकर्ताहरुलाई पनि टीका लगाइदिएका थिए । सोही टिका लगाउने क्रममा एक जनाले दाम चढाएएका थिए ।
त्यही भिडियो अहिले टिकटकमा भाइरल भएको छ ।
दशैंको टीका थाप्न आएका एक कार्यकर्ताले प्रधानमन्त्री देउवाबाट टीका ग्रहणपछि दाम राखेर खुट्टा ढोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सामाजिक सञ्जालमा यो भिडियोले निकै चर्चा मात्र पाएको छैन, प्रधानमन्त्रीको कडा आलोचना समेत भएको छ ।
सामाजिक सञ्जालमा यो भिडियो शेयर गर्दै यसरी खुट्टामा दाम राखेर ढोगेको दृश्यले राजा र रैती भन्ने पुरानै संस्कार÷प्रवृत्ति दोहोरिएन ? भन्दै चर्को आलोचना भएको हो ।
यो घटनाले राजाकै शैलीमा उच्च ओहदाका ब्यक्तिले दशैमा टीका लगाइदिने क्रमको समेत आलोचना भएको छ । गणतन्त्रभन्दा पहिला राजाहरुलाई यसैगरी लाइन लागेर भेटि चढाउने चलन थियो ।
राजनीतिका उच्च नेतृत्वले समेत राजालाई भेटि चढाएर टिका लगाउने चलन थियो । त्यही क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले समेत पूर्वराजा विरेन्द्र शाह र ज्ञानेन्द्र शाहलाई भेटि चढाएर टिका लगाएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबरा लगायतका नेताहरु पनि लाइन लागेर टिका लगाउन दरवार पुग्ने गर्दथे ।