आर्जुले यत्ति गरेपछि बालुवाटारमा उत्पात मच्चाए, कांग्रेसमा खैलाबैला
काठमाडौँ – तीन महिनासम्म पनि मन्त्री परिषद् विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना भयो । त्यो भन्दा बढि प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएको विषयले तहल्का पिट्यो ।
मन्त्रीपरिषद विस्तारमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई देउवाले भाग छुट्टाए पछि सबैको ध्यान त्यतै तिर मोडिएको थियो । सबैको मन त्यतातिर मोडेले देउवामा बालुवाटारमा उत्पात मच्चाएको खुलासा भएको छ ।
नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको कोटाबाट मन्त्री बने भनेर भनिएका नेताहरु मिनेन्द्र रिजाल र दिलेन्द्र बडु आजु देउवाको कोटाबाट बनेको रहस्य खुलेको हो । आर्जु र रिजाल एकदमै मिल्ने साथी हुन् ।
आर्जुको दवावमा प्रधानमन्त्रीले रामचन्द्र पौडेलको कोटाबाट मन्त्री बनाएको थाहा भएपछि नेपाली काँग्रेसमा भुकम्प गएको छ । पौडेल पक्षले तीन वटा मन्त्रालय मागेको चर्चा चलेको थियो ।
तर, मन्त्रिपरिषद् विस्तार हुनुभन्दा केही घण्टाअघिमात्रै आर्जुको निर्देशनमा प्रधानमन्त्री देउवाले रिजाल र बडुलाई फोन गरेर मन्त्री बनाउन लागेको भन्दै सोधेका थिए । स्रोतकाअनुसार प्रधानमन्त्री देउवाले रिजाल र बडु दुवैलाई फोन गरेर मन्त्री बनाउन लागेको सुनाएका थिए ।
देउवाले रिजाल र बडुलाई फोनमा नेता पौडेलले नाम सिफारिश नगरेको भन्दै आफूले नै मन्त्रीमा नाम सार्वजनिक गरिदिउँ भन्दै सोधेका थिए । र, जवाफमा रिजाल र बडु दुवैले देउवाको प्रस्ताव स्विकार्दै हुन्छ भन्ने जवाफ दिएको पाईएको छ ।
अहिले रिजाल रक्षामन्त्रीको जिम्मेवारीमा छन् भने बडु कानून, न्याय तथा संसदीय मामिलामन्त्री छन् । अन्तिम सम्म माग्दा पनि पौडेलले नाम नदिए पछि देउवा आफैँले रिजाल र बडु द्धयलाई मन्त्री बनाएका थिए ।
काग्रेस महाधिवशेनको मुखमा देउवाले गरेको चलाखीलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । लास्ट आवरमा पौडेलको कोटा जस्तो देखिए पनि रिजाल र वडु देउवाको कोटाबाट मन्त्री बनेको आशंका गरिएको छ ।
रिजाललाई मन्त्री बनाउँन पौडेल भन्दा काग्रेस महामन्त्री शसांक कोइरालाको जोडबल रहेको बताइन्छ । पछिल्लो समय कोइराला र देउवाको सम्बन्धलाई काग्रेसजनले शंकास्पद नजरले हेर्ने गरेका छन् ।
देउवाले चलाखी गरे पछि रिसाएका काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पछिल्लो समय देउवा विरुद्ध आक्रामक भाषण गर्दै हिँडको छन् ।