केपी ओलीलाई अर्को झट्का, देउवा सरकारले गर्यो कठोर निर्णय
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अर्को झट्का लागेको छ । सरकारले उनले नियुक्त गरेका अर्का व्यक्तिलाई बर्खास्त गरेपछि झट्का लागेको हो ।
सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेपछि झट्का लागेको हो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको एक मन्त्रीले जानकारी दिए । ‘प्रक्रिया पुरा गरेर हटाउने भन्ने भएको छ,’ ती मन्त्रीले भने ।
सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए ।
राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः नियुक्त गरेको थियो ।
ऐन अनुसार सदस्य सचिवका लागि आह्वान गरिएको आवेदनमा २७ जनाले निवेदन दिएका थिए ।
दुई जना उमेर हदका कारण अयोग्य भए भने बाँकी मध्येबाट सिफारिस समितिले सिलवालका साथै अञ्जु श्रेष्ठ र लीलबहादसुर थापाको नाम सिफारिस गरेको थियो ।
तत्कालीन नेकपाको पूर्व एमाले समर्थिक सिलवाललाई सदस्य सचिव बनाएपछि पूर्व माओवादी समूहका शिव कोइरालालाई राखेप उपाध्यक्ष नियुक्त गरिएको थियो ।
ओली सरकारले नियुक्त गरेका प्राय सबैलाई बर्खास्त गर्ने देउवा सरकारको योजना अनुसार उनलाई हटाइएको हो । अब राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेललाई पनि बर्खात सरकारको प्रक्रिया अगाडि बढाउने छ । गर्ने छ ।