करिश्मा मानन्धर अर्को पार्टीमा प्रबेश

मंगलबार, २ कार्तिक २०७८

काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धरले पार्टी परिवर्तन गरेकी छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबाट राजनीति यात्रा सुरु गरेकी माधनन्धरले नेकपा एमाले प्रबेश गरेकी हुन् ।

केपी बर्षअघि देखि उनी कुनै पनि राजनीतिक पार्टीमा आबद्ध भएकी थिइनन् । नेकपा एमाले फुटेको अवसरमा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर औपचारिक रुपमा एमाले प्रबेश गर्ने छन् ।

उनले आफू एमाले बनीसकेको खुलाएकी छन् । तर ओपचारिक रुपमा पार्टी प्रबेश हुन बाँकी छ ।

केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेर सामाजिक सञ्जालमार्फत खुसी प्रकट गरेकी अभिनेत्री करिश्मा मानन्धरले एमालेमा प्रवेश गर्ने संकेत गरेकी हुन्।

मंगलबार दिउँसो फेसबुकमा उनले केपी शर्मा ओलीसमेतको नाम देखिने मोबाइल कलको स्क्रिनसट सेयर गर्दै लगत्तै ‘उहाँलाई अवश्य भेट्नेछु’ भनेकी हुन्। अलि तल केपी शर्मा ओलीको नाम पनि छ।

एकपटक उनले केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेर यस्तै स्क्रिनसट राख्दा ‘इनकमिङ’ होइन, ‘आउटगोइङ’ देखिएपछि फेसबुक प्रयोगकर्ताले कमेन्टमा उल्लीबिल्ली पारेका थिए।

माथिको स्टाटस ‘बा यत्तिकै भएको होइन रहेछ’ लेखेकी छन् ।

स्क्रिनसटलगत्तै करिश्मा मानन्धरले अर्को स्टाटस लेखेकी छन्, ‘कोही राजनीतिक व्यक्तित्वले कुनै क्षेत्रका व्यक्तिलाई सराहना गर्नु राम्रो संस्कार हो। यो हाँस्ने कुरा होइन। वहाँलाई अवश्य भेट्नेछु।’

नयाँ शक्ति पार्टीमा हुँदा औपचारिक अध्ययन कम भएको भन्दै चर्को आलोचना भएको थियो । त्यसपछि उनी औपचारिक शिक्षाका लागि स्कुल भर्ना भएकी थिइन् । अहिले उनी कक्षा १२ मा अध्ययनरत छिन् ।