हनिमुन समय नसकिदै ढल्यो सरकार, अब कसको पाला ?

बिहिबार, ४ कार्तिक २०७८

काठमाडौं – हनिमुन समय पनि नसकिदै बागमती प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री बनेको दुई महिना पुग्न नपाउँदै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढलेको हो ।

उनले केही बेरमा विश्वासको मत लिदै छिन् । ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेकी शाक्यले विश्वासको मत नपाउने पक्का छ । उनको सट्टामा अर्को मुख्यमन्त्री तयार भइसकेका छन् ।

नेकपा एमालेकी उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले विश्वासको मत गुमाएपछि स्वतर पदमुक्त हुनेछन् ।

उनको ठाउँमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् ।

बिहीबार प्रदेशसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले चार दलीय गठबन्धनका तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताए ।

बागमती प्रदेशमा बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदैछिन् । तर शाक्यको पक्षमा प्रदेशसभामा बहुमत छैन ।

उनले विश्वासको मत नपाएमा बहुमतको अर्को सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । एकीकृत समाजवादीका नेता पाण्डेलाई माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थन छ ।

नेकपा एमाले फुटाउन उक्साएर पछि एमालेमै बसेकी शाक्य एमाले फुट्न भन्दा केही घण्टाअघि मात्र मुख्यमन्त्री बनेकी थिइन् । एमालेको ९औँ महाधिवेशनमा शाक्यले पाण्डलाई उपाध्यक्षमा हराएकी थिइन् ।

पाण्डे आज त्यसको ८ बर्षपछि बदला लिदैछन् । पाण्डे पनि बागमति प्रदेशका र शाक्य पनि बागमति प्रदेशकै भएको त्यतिबेला मत विभाजन हुँदा पाण्डेले हारेका थिए । आज उनले त्यसको बदला लिएका छन् ।