राप्रपाको सिङ्गो जिल्ला कमिटी माओवादी केन्द्रमा प्रबेश
काठमाडौं – राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सिङ्गो जिल्ला कमिटी नेकपा माओवादी केन्द्रमा प्रबेश गरेको छ । कालिकोट जिल्लाका जिल्ला अध्यक्षबाहेक सम्पूर्ण कमिटी माओवादीमा प्रबेश गरेको छ ।
राप्रपाका पूर्वजिल्ला अध्यक्षसहित पदाधिकारी नेकपा माओवादीमा प्रवेश गरेका हुन् । राप्रपा कालिकोटका पूर्वजिल्ला अध्यक्ष तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष ऐनबहादुर शाही (माओवादी केन्द्र)मा प्रवेश गरेका हुन् ।
पूर्वअध्यक्ष शाहीलाई माओवादी केन्द्रका प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पार्टीमा स्वागत गरेका हुन् ।
शाहीसँगै नेकपा (एमाले) का कालिकोट खाँडाचक्र नगरपालिका नगर कमिटी सदस्य धर्मराज ताम्राकार पनि माओवादी केन्द्र प्रवेश गरेका छन् ।
यो खबरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) खुशीले गदगद् भएका छन् । कालिकोट जिल्ला कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको जिल्ला हो ।
त्यस्तै, जनता समाजवादी पार्टीका चर्चित नेता माओवादी केन्द्रमा प्रबेश गरेका छन् । पार्टीका सिंङ्गा दुई कमिटी माओवादी केन्द्रमा विलय भएको छ । जसपा नगर तथा क्षेत्रीय कमिटीहरु माओवादीमा विलय भएका हुन् । यो रौतहटको खबर हो ।
रौतहटस्थित क्षेत्र नम्बर ३ का पार्टी अध्यक्ष रामाकान्त चौरसियाले नेतृत्व गरेको कमिटी र कटहरिया नगर अध्यक्ष दुर्गा साह रौनियारले नेतृत्व गरेको कमिटी माओवादीमा प्रवेश गरेका हुन् ।
काठमाडौँस्थित माओवादी अध्यक्ष प्रचण्ड निवासमा पुगेर उनीहरू माओवादीमा प्रवेश गरेका हुन् । अध्यक्ष प्रचण्डले नव प्रवेशीहरुलाई टीका र माला लगाएर पार्टी प्रवेश गराई स्वागत गरेका थिए ।
जसपाले मधेसको विकास र मधेसीको सम्मान तथा पहिचान कायम गराउन नसक्ने भन्दै जसपाका वडा उम्मेदवार शंकर साह सोनार पनि प्रबेश गरेका छन् । भिखारी साह, फेंकु यादव, मजरुलहक लगायतका नेताहरू पनि माओवादीमा प्रवेश गरेपछि त्यहाँ जसपा खाली भएको छ ।
उनीहरुलाई माओवादीमा भित्र्याउने स्थानीय नेता नसरूदिन अन्सारीले जानकारी दिए । क्षेत्रीय अध्यक्ष रामाकान्त चौरसिया द्वन्द्वकालमा रौतहट क्षेत्र ३ स्थित माओवादीको एरिया कमान्डर रहेर लामो समय काम गरेका थिए ।