मदन भण्डारीको हत्यारा पत्ता लाग्यो, तर…

आइतबार, ७ कार्तिक २०७८

ठमाडौँ – जननायकको उपाधि पाएका मदन भण्डरीको ह त्यारा पत्ता लागेको खुलासा भएको छ । ह त्यारा पत्ता लागेपनि सर्वाजनिक गर्न आनाकानी गरिएको खुलासा भएको हो ।

भण्डारीको नाम भजाएर राजनीतिको दुनो सोझ्याएकाहरुले हत्यारा सार्वजनिक गर्न नचाहेको आरोप लागेको छ ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा र भण्डारी पत्नी विद्यादेवि भण्डारीका कारण ह त्यारा सार्वजनिक नभएका बताए ।

ओलीकै गृह जिल्लामा पुगेर खतिवडाले ओलीमाथि नै गम्भीर आरोप लगाएपछि नेपालको राजनीति तरङ्गीत भएको छ ।

झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा मदन भण्डारी र जीवराज आश्रितको ह त्याको प्रमाण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुकाएको आरोप लगाएका हुन् ।

कार्यक्रममा बोल्दै नेता खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्यापछि केपी ओलीको नेतृत्वमा बनेको एक सदस्यीय कार्यदलले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको बताए ।

आफूलाई मदन भण्डारीको सक्कली उत्तराधिकारी हुँ भन्दै प्रस्तुत गर्ने केपी ओलीले आफू दुईतिहाइ नजिकको शक्तिशाली प्रधानमन्त्री र भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति हुँदासमेत हत्याराको खोजी गर्न नसकेको उपमहासचिव खतिवडाको गम्भीर आरोप थियो ।

नेकपा एमालेले अहिले मदन भण्डारीको नाममात्रै बेचिरहेको अर्को आरोप लगाए ।

उनले एमालेले कम्युनिष्ट चरित्र गुमाउँदै गएको र राष्ट्र तथा राष्ट्रियतालाई सत्तासँग सौदाबाजी गर्दै गएकोले एमालेमा बसेर सच्चा कम्युनिष्ट हुन नसक्ने ठहर गर्दै आफूहरू अलग भएको उनको प्रष्टिकरण थियो ।