अन्ततः बार पनि फिल्ड उत्रियो, प्रधानन्यायाधीश जबराको भागाभाग
काठमाडौं – अन्तत: नेपाल बार एसोसिएसन पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विरुद्धमा उत्रिएको छ । उसले पनि जबरालाई तत्काल राजीनामा दिन सल्लाह दिएको छ ।
बार एसोसिएसनको आज बसेको बैठकले प्रधानन्यायाधीश राणाको नेतृत्वमा न्यायालय सञ्चालन हुनसक्ने अवस्था नदेखिएकोले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।
बैठले सत्तारुढ गठबन्धनसँग राजनीतिक भागबण्डा खोजेको, न्यायालय सुधारका लागि पहल नगरेको, पेशी तोक्दा न्यायिक मान्यता उल्लघंन गरेको लगायतका आरोप लगाउँदै बारले प्रधानन्यायाधीश राणाले राजीनामा दिनु उपयुक्त हुने धारणा बनाएको हो ।
प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए आन्दोलन गर्ने निर्णयसमेत बार बैठकले गरेको छ ।
एक पदाधिकारीका अनुसार बारका थप निर्णय र कदमबारे भोली सल्लाहकार र पूर्व अध्यक्षहरुसँग समेत छलफल गरिनेछ ।
यसअघि आजै सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाले मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेका थिए ।
उनीहरुले प्रधानन्यायाधीश राणाले तोक्ने इजलासमा सहभागि नहुने निर्णय समेत गरेका छन् । दोश्रो पटकको संसद विघटन पछि सत्तारुढ गठबन्धनसाँ सत्ता साँझेदारी खोजेको भन्दै उनको चर्को विरोध भइरहेको छ ।
उनको कोटाबाट नेपाली कांग्रेसका नेता गजेन्द्र हमाल उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री बनेपछि सत्तामा भाग खोजेको प्रमाणित भएको थियो । त्यही विषयलाई लिएर उनको चौतर्फी राजीनामा मागिएको छ ।