झापामा रहेका ओली सुन्नपर्यो अत्यन्तै दुःखद खबर, एकैचोटी एमालेका ८ सांसदको जागिर चट
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापामा छन् । स्थानीय मतदातासँग व्यस्त रहेका ओलीले काठमाडौँबाट दुःखद खबर सुन्न परेको छ ।
राष्ट्रियसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले अब ८ सिट गुमाउने भएको छ । आगामी फागुन २० गते २० जना सांसदहरुको पदावधि सकिदैछ ।
त्यसमध्ये ८ जना नेकपा एमालेका छन् । यसै वर्षको २० फागुनमा एमालेका ८ सहित २० जना पदावधि सकिन लागेको हो ।
रिक्त हुनलागेको पदको चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेको छ । अबको तीन महिनाभित्र रिक्त हुने पदमा चुनाव भइसक्नुपर्नेछ ।
रिक्त पदमा एमालेका ८, माओवादीका ४, नेकपा एसका ४, काँग्रेसका ३ र मनोनित एक छन् । २०७४ फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचन भएको थियो ।
त्यसबेला ६० जनामध्ये गोला तानेर कार्यकाल तय भएको थियो । पहिलो एक तिहाई सदस्य २ वर्षे कार्यकाल सकेर विदा भएका छन् ।
दोस्रो एक तिहाई अर्थात २० जनाको कार्यकाल गोला तानेर ४ वर्ष तोकिएकोमा अब सकिदैछ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित २० जना भने पूरा ६ वर्षे कार्यकाल पूरा गर्नेमा पर्छन् ।
एमालेबाट परशुराम मेघी गुरुङ, कोमल वली, सुमनराज प्याकुरेल, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, रामलखन चमार, अगम वान्तवा राई रहेका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट दीनानाथ शर्मा, शशिकला दाहाल, जीवन बुढा, खिमकुमार विकको पदावली सकिदैछ । एकीकृत समाजवादी पद रिक्त हुनेमा ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी छन् ।
कांग्रेसबाट राधेश्याम अधिकारी, दीर्घनारायण पाण्डे, तारादेवी भट्ट र मनानित रामनारायण बिडारीको पनि पदावली सकिदैछ ।
आगामी निर्वाचनमा एमालेले ८ ओटै सिट गुमाउने छ । निर्वाचनमा गठबन्धन र एमाले मिलेर लड्ने भएकाले एमालेका लागि यो निर्वाचन निकै दुःखद हुने छ ।