१७ हजार शिक्षक छनोटका लागि खुला विज्ञापन गर्दै आयोग
काठमाडौँ – केही समयभित्र शिक्षक छनोटका लागि खुला विज्ञापन गर्ने शिक्षा सेवा आयोगले जनाएको छ ।
सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाएर शिक्षक पदपुर्तिका लागि विज्ञापन गरिने आयोगले जनाएको छ ।
त्यसका लागि सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ ।
नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षालगायत काम रोकिएका थिए ।
आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाइसकेको छ ।
प्राथमिक तहका १२ हजार ९१२, निम्न माध्यमिक तहका दुई हजार ५९३ र माध्यमिक तहका एक हजार ५४२ पदमा दरबन्दी रिक्त रहेको छ ।
देशैभरी क्षिक्षक अभाव हुँदा स्थानीय तहले विद्यालय संचालनमा समस्य उत्पन्न भएको छ । यसअघि लोकसेवा आयोगले वियमावलीमा देखिएको समस्यका कारण विज्ञापन गर्न नसकिएको बताएको थियो ।
नियामावली संशोधन भए लगत्तै शिक्षक लाइसेन्स र पदपुर्तिका लागि विज्ञापन खोलिने आयोगले जनाएको छ । यो मंसिर अन्तिमसम्म यो काम सकिने जनाइएको छ ।